शुक्रबार, बैशाख ११, २०८३
जुवातास खेलिरहेको अवस्थामा कास्कीबाट छ जना पक्राउ

कास्की : पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका-२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय