काभ्रे अदालतबाट ४६ प्रतिशत मुद्दा फर्छ्यौट

काभ्रे : काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा ४६ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतद्वारा आयोजित पत्रकार सम्मलेन कार्यक्रममार्फत एक वर्षको अवधिमा ४६ प्रतिशत मुद्दा फर्छ्यौट भएको बारे जानकारी गराइएको हो ।

चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार ७ सय १४ मुद्दामध्ये ७ सय ९ मुद्दा फर्छ्यौट भएको काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार १ हजार ५ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको श्रेस्तेदार घिमिरेले बताए ।

जिल्ला अदालतले १ हजार ३ सय १२ मुद्दा दर्ता हुनसक्ने अनुमान गरेकोमा अनुमानभन्दा ४ सय २ थान बढी मुद्दा दर्ता भएको श्रेस्तेदारले बताए । यस्तै, १६ सय ५६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा २ सय ८३ थान कम फर्छ्यौट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस