बलात्कार गरेको आरोपमा दुई जना किशोर पक्राउ

बारा : बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका १ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुवैले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबरजस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस