पछिल्लो २४ घण्टामा काभ्रेमा तीन जनामा कोरोना संक्रमण
शनिबार, आषाढ ३२, २०७९ | २०:२१:०९

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार १३ वटा पिसिआर र २७ वटा एन्टिजेन गरी ४० वटा परीक्षणमा तीन वटा रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्लामा अहिले २४ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जसमध्ये धुलिखेल नगरपालिकाबाट १२ जना महिला र २ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट १० जना महिला र १० जना पुरुष गरी २४ जना सक्रिय संक्रित रहेका छन् । २४ जनामध्ये १५ जना होम आइसोलेसनमा उपचाररत रहेको डा.सेढाईँले जानकारी दिए ।