नगर सरसफाइ तथा फुटपाथ सदुपयोग अभियानमा बनेपा नगरपालिका

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाले नगर सरसफाइ तथा फुटपाथ सदुपयोग अभियान सुरु गरेको छ । नगरपालिकाले दिर्घकालिन रुपमा फुटपाथ व्यवस्थित गर्ने तथा नगर सरसफाईमा जोड दिने उद्देश्यले आजबाट अभियान सुरु गरेको हो ।

घोषणापत्रमा नगरको सरसफाई तथा फुटपाथलाई प्राथमिकतामा राखे अनुसार उक्त कार्यलाई कार्यान्वयनका लागि अभियान सञ्चान गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार नगरलाई स्वच्छ र हराभरा बनाउन निर्वाचित भए देखि नै कार्य प्रारम्भ भएको छ । फुटपाथको अवरोध हटाउँदै सरसफाईलाई प्राथमिकतामा राखिएको नगर प्रमुख शाक्यले बताए ।

बनेपा नगरपालिका जिल्लाको ब्यापारीक केन्द्र समेत भएकाले विभिन्न जिल्लाबाट तथा पालिकाबाट बसोबास गर्ने नागरिकहरुको बसाईलाई व्यवस्थित बनाउने, दुई प्रमुख राजमार्ग हुँदै आउने जाने नागरिकहरुले प्रयोग गर्ने अरनिको राजमार्गको दायाँबायाँ क्षेत्रलाई सुन्दर बनाउने अभियानले निरन्तरता पाउने नगरकी उपप्रमुख विमला सापकोटा दाहालले बताइन् ।

साउन १ गतेबाट नियमित फुटपाथको अवरोध हटाईने, अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्ने र नियमित अनुगमन हुने प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले बताए। उनका अनुसार नगरपालिकाले सुरु गरेको फुटपाथ अवरोध हटाउने कार्यले निरन्तरता पाउनेछ ।

आईतबारबाट सुरु भएको अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षा टोली, जनप्रतिनिधी, उद्योगी व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस