सुनसरीमा एक जना कोरोना संक्रमितको मृत्यु

सुनसरी : सुनसरीमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा . कृष्णा पोखरेलले जानकारी दिए ।

उनका अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीय महिलाको उपचारको क्रममा शनिवार साँझ मृत्यु भएको हो। मृतक दीर्घ रोगी रहेको र उनले कोरोना विरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेको डा.पोखरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस