सर्पको टोकाइबाट एक महिलाको मृत्यु
सोमबार, साउन ०२, २०७९ | १२:५४:०३

कञ्चनपुर : सर्पको टोकाइबाट कञ्चनपुरमा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेल्डाडी गाउँपालिका(२ की ६५ वर्षीया कमलादेवी महर विष्ट रहेकी छिन् । उनको आज (सोमबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेकी उनलाई राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।