अवैध लागूऔषध सहित १० जना पक्राउ
धनकुटा, साँगुरीगढी गाउँपालिका-७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजा सहित तेह्रथुम छथर गाउँपालिका-२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु समेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.१-०२-००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१४ चौलिका चोकबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय ईर्फान जोलाह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईलीबाट ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कालीकोट माहाबै गाउँपालिका-३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २४ वर्षीय दिपेन्द्र सिहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ