काभ्रे कोरोना अपडेट : सात जनामा संक्रमण, नौ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज नौ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १५ वटा पिसिआर र २२ वटा एन्टिजेन गरी ३६ वटा परीक्षणमा ६ वटा पिसिआर र एक वटा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले २६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

जसमध्ये सबैभन्दा धेरै संक्रमित धुलिखेल नगरपालिकाबाट रहेका छन् । जहाँ १६ जना महिला र ६ जना पुरुष गरी २२ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा रहेका सबै संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख डा.सेढाईँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस