
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य आज तोलाको ९३ हजार ८०० रुपैयाँ तोकिएको छ ।
सोमबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले कमी आएको छ । आजका लागि चाँदीको मूल्य तोलाको एक हजार १६० रुपैयाँ तोकिएको छ । सोमबार तोलाको एक हजार १६५ रुपैयाँ कारोबार भएको थियो ।