सयपत्री हाइड्रोपावरले साउन १३ गतेबाट आईपीओ खुल्ला गर्ने

काठमाडौं : सयपत्री हाइड्रोपावर लिमिटेडले यहीँ साउन १३ गतेबाट आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर (आईपीओ) जारी गर्न लागेको हो ।

यसअघि आयोजना प्रभावितहरूका लागि आईपीओ जारी गरिसकेको थियो । त्यसबखत बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कुल निष्काशनको ५ प्रतिशतले हुने ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ । २ प्रतिशतले हुने १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्तामा भने आम सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस