सोमबार, बैशाख ०७, २०८३
ठगी सम्बन्धि कसूर तथा संगठित अपराधमा फरार रहेकी तामाङ पक्राउ

काठमाडौं : ठगी सम्बन्धी कसूर तथा संगठित अपराधमा फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका-१ बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएकी ५७ वर्षीया सिर्जना शाक्य (तामाङ)लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको घटनामा संलग्न रही फरार रहेकी उक्त संस्थाकी लेखा समिति सदस्य सिर्जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रामशाहपथबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ सहित १२ जना प्रतिबादीहरुलाई २०७८ मंसिर १७ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा ईच्छा राज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि कारागारमा रहेका छन् ।

सिर्जनालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय