भैँसी चराएर फर्कने क्रममा रोशी खोलाले बगाएर नमोबुद्धका एक पुरुष बेपत्ता
बुधबार, साउन ०४, २०७९ | २०:३०:४०
काभ्रे : भैँसी चराएर फर्कने क्रममा रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता भएका छन् । जिल्लाको नमोबुद्ध नगरपालिकाका वडा नं ९ का अन्दाजी ४७/४८ वर्षीय ज्ञान बहादुर लामालाई रोशी गाउँपालिका वडा नं १ फलामेसाँघु स्थित रोशी खोलाले बगाएर बेपत्ता भएको प्रहरी चौकी खहरेपागु काभ्रेले जनाएको छ ।
भैँसी चराएर घर फर्कने क्रममा आज श्रावण ४ गते ५ः ३० बजेको समयमा लामा र उनको एक वटा भैँसीलाई बगाएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार उक्त खबर प्राप्त हुनासाथ उनीहरुको खोजी तथा उद्दारको प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरीले उनीहरुको खोजी गरिरहेको उनले बताए ।