नेपाली सेनाको सहयोगमा बेथानचोकको चिप्लेटी डाँडामा बुद्ध प्रतिमा निर्माण

काभ्रे : नेपाली सेनाको सहयोगमा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित चिप्लटी डाँडामा बुद्ध प्रतिमा निर्माण गरिएको छ ।

जिल्लाको सबै भन्दा अग्लो स्थान ३०१८ मिटर हाइटमा नेपाली सेनाको कालीजंग गण धुलिखेलको जनशक्तिले बुद्ध प्रतिमा निर्माण गरेको हो । उक्त प्रतिमा सहितको संरचना निर्माणका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरेको थियो ।

नेपाली सेना –२६ नम्बर बाहिनी भकुन्डेका सहायक रथी ज्योतिन्द्र महतको प्रमुख आतिथ्यतामा बुधबार उक्त बुद्ध प्रतिमाको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैए महत भने, ‘सैनिक र नागरिक सम्बन्ध फराकिलो बनाउन सेनाले स्थानीय सरकार तथा नागरिक समाजसँगको समन्वयमा सामाजिक सेवा गरिरहेको छ ।’

बेथानचोक नारायण स्थान मन्दिर वरपर पूर्वाधार निर्माण गरी पर्यटकहरूका लागि आकर्षक बनाउने अभियानमा क्रियाशील रहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बतााए । उनका अनुसार नेपाली सेनाको सहयोग र स्थानीय तहको समन्वयले गाउँपालिकाको पर्यटन विकासमा थप सहयोग पुग्नेछ ।

बेथान्चोक नारायण स्थानको विकास र पर्यटकहरूको आकर्षणका लागि थप संरचनाहरु निर्माण गर्नु पर्ने र विकटता रहेको बेथानचोक नारायण स्थानलाई सुगम बनाउँदै पर्यटकहरूलाई सहज बनाउनु पर्ने गाउँपालिकाका निवर्तान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस