‘कानुन विपरित कार्य गर्नेहरुलाई स्थानीय तहले पनि कारवाही गर्नुपर्छ’ : प्रमुख जिल्ला अधिकारी पाण्डे

काभ्रे : कानुन विपरित कार्य गर्नेहरुलाई स्थानिय तहले पनि कारवाही तथा जरिवाना गर्नुपर्ने काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताईन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा जिल्लामा रहेका कार्यालय प्रमुखहरुको बैठक तथा समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहले पनि कानुन विपरित कार्य गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताएकी हुन् ।

उनका अनुसार जिल्लामा रहेका कार्यालयहरु वर्षमा कम्तिमा दुई पटक अनुगमन गर्ने साथै आवश्यकता अनुसार छड्के ढंगबाट अनुगमन गर्न आवश्यक हुन्छ । त्यस्तै, जिल्ला मातहतका सबै कार्यालयहरुले लक्ष्य अनुसारको कार्य गर्नको लागि सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै कार्यक्रमा जिल्लामा अपराधजन्य गतिविधि नियन्त्रणका लागि विशेष जोड दिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार जिल्लामा अहिले अपराधजन्य गतिविधिसँगै बालविवाह जस्ता कानुन विपरित कार्यहरु पनि बढ्दै गएको पाइएको छ । यसको रोकथामका लागि सचेतनामूलक कार्यक्रमहरु गर्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले ७ सय १२ रोपनीमा रहेको ७ लाख १८ हजार गाँजाका बोटविरुवाहरु नष्ट गरेको बताए । यसैगरी अवैध रुपमा उत्पादन बिक्रि गर्ने गरेको घरेलु मदिरा ५३ हजार ९ सय ७७ लिटर नष्ट गरेको कार्यक्रममार्फत उनले जानकारी गराए ।

समिक्षा कार्यक्रममा विभिन्न २० जना कार्यालय प्रमुखहरुले कार्यालयले गरेको उपलब्धिको बारेमा जानकारी गराएका थिए । सोही क्रममा पालिका प्रमुखहरु,जिल्ला प्रहरी प्रमुख, डिभिजन सडक विभाग, स्वास्थ्य कार्यालय प्रमुख, कृषि सामाग्री कम्पनि कार्यालय, सिंचाई कार्यालय लगायतको तर्फबाट आ—आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस