पनौती–९ सुनथानमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

काभ्रे : जिल्लाको पनौती नगरपालिका वडा नं ९ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । पनौती नगरपालिका वडा नं ९ को वडा कार्यालयको समन्वय तथा सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रको अनुरोधमा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

शिविर श्रावण ९ गते पनौती नगरपालिका वडा नं ९ स्थित श्री शारदा माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन वडा कार्यालयले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस