ट्राफिक प्रहरी काभ्रेद्वारा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

काभ्रे : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको आयोजनामा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जिवित फाउण्डेसन र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको सहकार्यमा आज ट्राफिक प्रहरी कार्यालयको परिसरमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘सडक सुरक्षा र सुरक्षित यात्राको लागि’ भन्ने उद्देश्यका साथ सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । कार्यालयका अनुसार कार्यक्रममा १ सय ३० जना सवारी चालकहरुको ब्लड प्रेसर, सुगर र आँखा परीक्षण गरिएको हो ।
जिल्लामा सडक सुरक्षाका क्षेत्रमा सवारी दुर्घटना प्रमुख समस्या बन्दै गएको र यसको न्यूनिकरणका लागि सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।
उनका अनुसार चालककहरुको अस्वस्थ स्वास्थ्य स्थितीका कारण पनि सवारी दुर्घटनाहरु हुने गरेको पाइएकाले पनि जिवित फाउण्डेसन र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको सहकार्यमा र ट्राफिक प्रहरी कार्यालयको आयोजना निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।