‘संघ र प्रदेशको नतिजापछि बाँस्कोटा कोठाको चुकुल लगाएर ह्वाँ ह्वाँ रुनेछन्,’ : मन्त्री चौधरी

काभ्रे : संघ र प्रदेशको नतिजापछि नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाको कोठाको चुकुल लगाएर ह्वाँ ह्वाँ रुने दिन आउने सहरी विकास मन्त्री मेटमणी चौधरीले बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी सम्पूर्ण जनवर्गीय संगठन काभ्रेद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उनले कुनैपिन हालतमा ओली पक्षसँग चुनावी मोर्चा बन्न नसक्ने तर्क गरेका छन् । उनका अनुसार जबसम्म ओलीले आफूले गरेको कमी कमजोरी सुधार गर्न सक्दैन, तबसम्म हाम्रो ओलीसँग कुनै पनि हालतमा मोर्चा बन्न सक्दैन ।

‘त्यसबोल मोर्चा बन्छ, जब संघ र प्रदेशको नतिजापछि ओली पार्टीमा रुवाबासी चल्छ,’ उनले भने ‘त्यसैले यो निवार्चन पछि ओली पक्षबाट एकता गर्न हामी समक्ष आउने छन्।’ त्यसबेला एकीकृत समाजवादी पार्टी उनीहरुभन्दा धेरै ठूलो हुनेछ र नेकपा एमाले धेरै कमजोर हुने उनको भनाई थियो । त्यसकारण पनि किन अरु पार्टीसँग मिल्नु हामी मिलौँ, सँगै मिलेर अघि बढौँ जस्ता कुराहरु सुनिन थालेको मन्त्री चौधरीले बताए ।

‘पहिले माधव नेपाल काम नलाग्ने भन्नेहरु नै अहिले माधव नेपालसँग मिल्नुपर्छ भन्ने गरेको सुनिन्छ,’ उनले भने ‘माधव नेपाललाई नै नेता मान्नुपर्छ भन्दै केपी वलीलाई दबाब दिन थालिएको कुरा बाहिरएको छ ।’ उनले व्यङ्ग्य गर्दै भने, ‘ओली पक्षका मान्छेहरु यति मूर्ख छन् कि सांसदमा जान पनि अब त पार्टी एकीकरण गर्नुपर्छ, त्यो कुरा माधव कुमार नेपाललाई भन्नु न, तपाईले भनेको त मान्नु हुन्छ भन्ने खालको समेत कुरा गर्छन् ।’

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा बधाई ज्ञापन गर्ने क्रममा स्थानीय तहको निर्वाचनमा ४० देखि ४५ सिटको अपेक्षा गरेकोमा २२ स्थानमा जित हासिल गरेपनि पार्टीले दुःख व्यक्त नगरेको उनले बताए । उनका अनुसार हामीले अपेक्षा गरेकोभन्दा थोरै नतिजा आयो । तर पनि सैदान्तिक र मनोवैज्ञानिक दृष्टिकोणबाट भने हामी खुशी छौँ किनभने हाम्रो कम पोजिसनको ग्राफ दिन दिनै बढ्दै गएको अवस्थामा छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा काभ्रेको थोरै स्थानमा मात्रै पनि नेकपा समाजवादीका उम्मेदवारले जित हासिल गरेको भएपनि यसमा पार्टी कमजोर नभएको बागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले बताए ।

उनका अनुसार हामीले चाहेजस्तो हाम्रो पक्षमा जनमतदाता देखिएन, यसले पक्कै पनि निराश गरएको छ । हाम्रो पार्टी कमजोर भएको छ , हामी कमजोर भएका छौँ भन्ने अनुभूति कतै न कतै भएकै होला भन्ने कुरा बाहिरएपनि पनि कमजोर भएका छैनौँ ।

यस नतिजाले कमजोर हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘हामी किसानका सन्तान हौँ, त्यहीँ भएर बिउँ राम्रो भए पुग्छ, राम्रो बिउँ थोरै भएपनि धेरै उत्पदान दिन्छ । यदि बिउ खराब भयो भने राम्रो उत्पादन हुदैँन । अहिले समाजवादीबाट जित्ने उम्मेदवार भनेको ४ गेडा मकै जस्तै हो भनेर बुझ्दा हुन्छ । त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान बधाई कार्यक्रममा कृष्ण प्रसाद सापकोटा, टोक बहादुर वाइबा, दिपक गौतम, भेषराज शाह, सन्तोष चौलागाई, प्रताप लामा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस