एउटै रूखमा झुन्डिएर तीन किशोरीले गरे सामुहिक आत्महत्या
झापा : झापामा एउटै रूखमा झुन्डिएर तीन किशोरीले गरे सामुहिक आत्महत्या गरेका छन् । झापाको कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन जना किशोरीहरुले पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
आत्महत्या गर्नेमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । उनका अनुसार उनीहरू आइतबार बिहान ७ः३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए।
गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेर ती किशोरीले आत्महत्या गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाएलगत्तै प्रहरी टोली पाठामारी पुगेको र प्रहरीले अहिले उक्त विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।