सुनको मूल्य पाँच सय रुपैँयाले बढ्यो
आइतबार, साउन ०८, २०७९ | १२:५४:१९

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैँयाले बढेको छ। आइतबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पाँच सय रुपैयाँले बढेर प्रति तोला ९४ हजार पाँच सय रुपैयाँ कायम भएको महासङ्घको जानकारी छ। साथै, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदी प्रति तोला १ हजार १५५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको प्रति तोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।