तास खेलिरहेको अवस्थामा सर्लाहीबाट पाँच जना पक्राउ

सर्लाही : तास खेलिरहेको अवस्थामा सर्लाहीबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ साढे ४ बजेको समयमा सर्लाहीको लालवन्दी नगरपालिका वडा नं ९ स्थित बस्तीपुर बस्ने सन्तोष चौलागाईंको घरमा तास खेलिरहेका पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेमा लालवन्दी १० का ३३ वर्षीय सुमन खतिवडा, ९ का ४५ वर्षीय दिपक रास्कोटी, ६ का ३८ वर्षीय अमम्मर पुलामी मगर, ११ का २८ वर्षीय सुनिल मण्डल र १० का ३३ वर्षीय अर्जुन फुयाँल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

उनका अनुसार प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद १८ हजार ६० रुपैयाँसहित नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस