सुन्‍दरीजलमा बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परे

काठमाडौं : काठमाडौँको सुन्‍दरीजलमा बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन् । शनिबार आफ्ना साथीहरूसँग सुन्दरीजलमा घुम्न गएका काठमाडौं कपनका १६ वर्षीय शुभम श्री प्रधान खोलामा खसेर बेपत्ता भएका थिए ।

शनिबारदेखि बेपत्ता भएका प्रधानको शव आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार शनिबार अपरान्ह सवा ४ बजेतिर ढुंगामा बसेर फोटो खिचाउन क्रममा प्रधान चिप्लिएर खोलामा खसेका थिए। खसेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रधानलाई खोज्‍न प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली खटिएको थियो।

यस्तै प्रहरीको सामाखुसीस्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस