सोमबार, बैशाख ०७, २०८३
ठगी गरेको आरोपमा बुटवलबाट ७ संचालक सहित डेढ सय युवायुवती पक्राउ

बुटवल : ठगी गरेको आरोपमा बुटवलबाट ७ संचालक सहित डेढ सय युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि प्रहरीले ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय