बैंकिङ कसुर मुद्दामा फरार रहेका रोशीका नेमा मेन्जन लामा पक्राउ

काभ्रे : बैंकिङ कसुर मुद्दामा फरार रहेका काभ्रेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रोशी गाउँपालिका वडा नं ५ घर भई काठमाडौँ स्थित मनहारा नगरपालिका वडा नं ६, कागेश्वरी बस्दै आएका ५२ वर्षीय नेमा मेन्जन लामा रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा, जावलाखेल ललितपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।  बैंकिङ कसुर मुद्दामा तामाङलाई उच्च अदालत पाटन ललितपुरले २०७९ जेष्ठ ३१ गते सात लाख रुपैँया जरिवाना, दुई दिन कैद र २८ हजार क्षतिपूर्तिको सजायको फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका तामाङलाई श्रावण ८ गते काठामाडौँको पेप्सीकोलाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा, जावलाखेल ललितपुरले जनाएको छ ।

पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज श्रावण ९ गते ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस