काभ्रेमा डेंगु संक्रमणको जोखिम : ९ जनामा संक्रमण पुष्टि
काभ्रे : केही समय यता काभ्रेमा काभ्रेमा डेंगु संक्रमितको संख्यामा तुलनात्मक रुपमा बृद्धि हुदैँ गएको छ । जिल्लामा अहिले ९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रे जिल्लाका ६ जना, काठमाडौं, दोलखा र सिन्धुपाल्चोकका १/१ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँले जाकारी दिए । उनका अनुसार काभ्रेको धुलिखेल नगरपालिकामा ३ जना, पनौती नगरपालिकामा २ जना र बनेपा नगरपालिकामा एक जनामा संक्रमण देखिएको छ ।
गत वर्ष अन्य जिल्लाबाट आउने ५ जनामा संक्रमण देखिएपनि स्थानीयमा भने पहिलोपटक डेँगुको संक्रण देखिएको स्वास्थ्य कार्यालय प्रमुख डा.सेढाइले बताए । संक्रमित मध्ये एक जनाको केएमसी अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।