ट्राफिक नियम उल्लघंन गर्ने २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

काठमाडौं : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लघंन गर्ने २२ सयभन्दा बढी सवारी चालकलाई ट्राफिक प्रहरीेले कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानबाट २ हजार २७६ जना सवारी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, लेन उल्लंघन गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९७ जना र तिब्र गतीमा सवारी साधन चलाउने ७५ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १७ जना चालकमाथि पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

लेन, ट्राफिक लाइट उल्लंघन र मादक पदार्थ सेवनको कारवाहीमा परेका ३४३ जना चालक कार्यालयले सञ्चालन गरेको सचेतना कक्षामा बुधबार सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस