काभ्रे कोरोना अपडेट : एकैदिन २१ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त
बिहिबार, साउन १२, २०७९ | २०:२६:३५

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा नौ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १ सय ७ वटा परीक्षणमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले ८२ जना सक्रिय संक्रमित रहेका छन् ।
काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रय संक्रमित रहेको कार्यालयले जनाएको छ । जहाँ २५ जना महिला र १७ जना पुरुष गरी ४२ जना सक्रिय संक्रमित रहेका छन् ।