‘देश समाजवादतर्फ उन्मुख हुदैँछ,’ : पूर्वप्रधानमन्त्री खनाल
काभ्रे : नेपालका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले देश समाजवादतर्फ उन्मुख हुन लागेको बताएका छन् । शनिबार जिल्ला स्थित बनेपामा नेपाल आदीवासी जनजाती महासंघ (समाजवादी) काभ्रेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सो कुरा बताएका हन् ।
पूर्वप्रधानमन्त्री खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पूँजीवादी जनवादी क्रान्तिको अन्त्यपछि मात्रै देश समाजवादतर्फ उन्मुख हुने उनले बताए । देश समाजवादी क्रान्तिमा अगाडी बढ्ने क्रममा रहेको बताउँदै उनले भने, ‘ पहिले सामनतावादीलाई अन्त्य गर्नका लागि पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नुप¥यो, अनि मात्रै हामी समाजवादी क्रान्तिमा अगाडी बढ्न सक्छौँ र देशमा समाजवादको नयाँ युगमा रुपान्तरण गर्न सकिन्छ ।’
उनका अनुसार देश अब लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेको छ । तर अझै पनि हाम्रा गाँस, बास, कपासका समस्याहरु हल भइसकेका छैनन् । दलाल पूँजीवादले आम जनतालाई शोषण गर्ने काम अझै पनि जारी रहेको बताउँदै उनले भने, ‘दलाल पूँजीवादी वर्ग अहिले पनि हाम्रो समाजलाई अगाडी बढ्न नदिने, अवरोध खडा गर्ने, वर्गको रुपमा हाम्रो सामु छ । त्यसकारण यस परिवेशमा समानता भएको छैन, शोषणको अन्त्य पनि भएको छैन । यो वर्गाीय शोषणलाई पनि अन्त्य गर्ने हिसाबले अग्रगामी रुपमा अघि बढ्न पर्छ ।’
कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रका पोलिट ब्यूरो सदस्य कृष्ण प्रसाद सापकोटा, पूजीँवादीको समाजलाई रुपान्तरण गर्न समाजवादी क्रान्तिले महत्वपूर्ण भूमिका खेल्ने नेकपा एकीकृत समाजवादी केन्द्रका सदस्य तथा जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले पूजीँवादीको समाजलाई रुपान्तरण गर्न समाजवादी क्रान्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।