काठमाडौं : काठमाडौँ आसपासमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । आज (आइतबार) बिहान ८ः १३ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।



















