शुक्रबार, बैशाख ११, २०८३
मंगलटारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काभ्रे : जिल्लाको रोशी गाउँपालिका स्थित मंगलटारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी मंगलटार शाखा र ईलाका प्रहरी कार्यलय मंगलटारको आयोजनामा आज आइतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । खुल्ला रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेको ईलाका प्रहरी कार्यलय मंगलटारले जनाएको छ ।

रक्तदान कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष, ईलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी, शिक्षक, समाजसेवी, स्थानीय लगायतले रक्तदान गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय