काभ्रे कोरोना अपडेट : १४ जनामा संक्रमण, ५ जना संक्रमणमुक्त

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ४५ वटा परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले ५३ जना महिला र ३४ जना पुरुष गरी ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
जिल्लाको धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । बनेपा नगरपालिकामा १२ जना, धुलिखेल नगरपालिकामा २८ जना, पनौतीमा १९ जना, पाँचखालमा ८ जना, नमोबुद्धमा ११ जना, मण्डनदेउपुरमा १ जना, भुम्लु गाउँपालिकामा १ जना, बेथानचोकमा २ जना र चौँरीदेउराली गाउँपालिकामा ५ जना गरी ८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै जिल्लाको रोशी, तेमाल, खानीखोाल र महाभारत गाउँपालिकामा भने कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।