इलाका प्रहरी बनेपाद्वारा लागू औषध कारोबार गर्ने पाँच जना पक्राउ

काभ्रे : इलाका प्रहरी कार्यालय बनेपाको सक्रियतामा लागू औषध कारोबार गर्ने पाँच जनालाई पक्राउ गरिएको छ । लागू औषध कारोबार हुदैँछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ल्लाको बनेपा नगरपालिका वडा नं १० बाट ३ जना र बाराबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बनेपाबाट पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं १० का २८ वर्षीय सबिन हुमागाई, बारा जिल्लाको पिपरपाती गाउँपालिका वडा नं ४ का ३५ वर्षीय समसोदिन मिया र बारा जिल्लाकै डुमरवाना–४ की ३८ वर्षीया संगिता चौधरी रहेकी छिन् ।

उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानको क्रममा बरामद गरिएको उक्त लागू औषध बारा कलैया उप महानगरपालिका वडा नं १२ का २७ वर्षीय पवन कुमार शाह र विरगंज महानगरपालिका वडा नं २४ का २७ वर्षीय शेषनाथ शाहले पठाएको भन्ने खुल्न आऐकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा उनीहरुलाई विरगंज पर्साबाट आज श्रावण १५ गते नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस