काभ्रेमा कोरोना संक्रमणको जोखिम बढ्दै : एकैदिन ३० जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या १ सय नाघ्यो

काभ्रे : केही दिन यता जिल्लाामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुदैँ गएको छ । पछिल्लो २४ घण्टामा काभ्रेमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ११ जना कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७९ वटा परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले १ सय ६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लाको धुलिखेल नगरपालिका सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । जहाँ ३६ जना महिला र १२ जना पुरुष गरी ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस