अभियान लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्कासन (आईपीओ) आजबाट खुल्ला गरिएको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक आईपीओ बिक्री खुल्ला गरिएको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन खुलेको हो ।

कुल सार्वजनिक निष्कासन गर्ने सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको छ ।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस