झापा : झापामा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव फेला भएको छ ।
झापाको गौरदह नगरपालिका–९ स्थित कमलखोलामा मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्ज्वल खरेलको शव फेलापारी खोलाबाट बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
कमल गाउँपालिका–१ बस्ने खरेल सो खोलामा पौडी खेल्दाखेल्दै एक्कासि बेपत्ता भएका थिए । सशस्त्र प्रहरीले आज बिहान सोही ठाउँमा करिब २० फिट गहिरो पानीमुनि उनको शव फेलापारेको जनाइएको छ ।



















