दाङको राप्तीका विद्यालय एक हप्ताका लागि बन्द
बुधबार, साउन १८, २०७९ | १३:४१:१९
दाङ : दाङको राप्ती गाउँपालिकाका विद्यालय आजबाट एक हप्ताका लागि बन्द भएका छन् । विद्यार्थीमा भाइरल ज्वरो बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सबै विद्यालय सात दिने बिदा गर्ने निर्णय गरेको हो।
सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
सार्वजनिक सूचनामा हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ।