बालिकालाई बलात्कार गरेको आरोपमा दाङबाट एक युवक पक्राउ

दाङ : बालिकालाई बलात्कार गरेको आरोपमा दाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आठ वर्षीया बालिका बलात्कार आरोपमा शान्तिनगर गाउँपालिका वडा नं.५ का २९ वर्षीय चमन विकलाई आज बुधबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विकले बहिनी नाता पर्ने बालिकालाई आमा(बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार बालिकाले मंगलबार राति गुप्ताङ्ग दुखेको कुरा गरेपछि आमाले सोधपुछ गर्दा उनीमाथि बलात्कार भएको खुलेको थियो।

त्यसपछि आमा बुवाले मंगलबार राति नै घटनाबारे इलका प्रहरी कार्यालय खिलतपुरलाई मौखिक जानकारी दिएका थिए। खबर पाउनासाथ खिलतपुरबाट प्रहरी निरीक्षक मानबहादुर केसीको कमाण्डमा पाँच जना प्रहरी विकको खोजीमा गए पनि उनी फरार भइसकेका थिए।

फरार विकलाई खोजी गर्ने क्रममा बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बिजौरी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए।

पीडित बालिकासहित उनका आमा(बुवा इप्रका तुलसीपुरमा विकविरूद्ध किटानी जाहेरी लिएर आएको डिएसपी अर्यालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस