पनौतीको अैँरीगाउँमा आगलागी हुदाँ दुई तल्ले पक्की घरमा पूर्ण क्षति
काभ्रे : जिल्लाको पनौती नगरपालिका वडा नं ४ स्थित अैँरीगाउँका ६४ वर्षीय कान्छा खत्रीको घरमा आगलागी हुदाँ दुई तल्ले पक्की घर पूर्ण रुपमा क्षति भएको छ । बिहान खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी हुदाँ खत्री घरमा आगलागी भएको प्रहरी चौकी पनौतीले जनाएको छ ।
बिहान ८ः१५ बजेको समयमा खत्रीको घरमा लागेको ३ घण्टापछि ११ बजे नियन्त्रणमा आएको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक कपिल कार्कीले जानकारी दिए । उनका अनुसार आगलागीमा कुनै पनि मानविय क्षति भएको छैन ।
आगलागीमा कान्छा खत्रीको दुई तल्ले पक्की घर पूर्ण रुपमा क्षति हुनुको साथै २६ लाख बराबरको धनमालको क्षति भएको विवरण प्राप्त भएको प्रहरी नायब निरीक्षक कार्कीले बताए ।
पनौती नगरपालिकावडा नं ४ का वडा अध्यक्ष, वडा सदस्य, स्थानीबासी, प्रहरी चौकी पनौतीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको थियो ।