डेँगुको जोखिम न्यूनिकरणका लागि जनचेतनामूलक अभियानमा बनेपाका जनप्रतिनिधि

काभ्रे : पछिल्लो समय जिल्लामा डेँगु संक्रमणको जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा हालसम्म १२ जनामा डेँगु संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।

उनका अनुसार जसमध्ये ६ जना जिल्लाभित्र र ६ जना जिल्ला बाहिरका रहेका छन् । काभ्रेभित्रका ६ जनामध्ये बनेपा नगरपालिकाका एक जना, धुलिखेल नगरपालिकाका तीन जना र पनौती नगरपालिकाका दुई जना रहेको कार्यालय प्रमुख डा.सेढाईँले बताए ।

जिल्लाको बनेपा नगरपालिकामा एक जनामा डेँगु संक्रमण पुष्टि भएसँगै नगरपालिकाले संक्रमण जोखिम न्यूनिकरणका लागि जनचेतनामूलक अभियान कार्यक्रम सुरु गरेको छ । उक्त अभियानका लागि नगरपालिकाका जनप्रतिनिधि टोल टोलमा पुगी रहेका छन् ।

नगरपालिका उप प्रमुख बिमला सापकोटाको नेतृत्वमा वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, वडा नम्बर ९ का वडा अध्यक्ष नृपेस बादे, स्वास्थ्य शाखाको प्रतिनिधि र जनप्रतिनिधिहरूको सहभागीतामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस