सुनको मूल्यमा आठ सय रुपैँयाले बृद्धि

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा आठ सय रुपैँयाले बृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा पनि ८ सय रुपैयाँले नै बढ्दै ९५ हजार ६०० रुपैयाँ पुगेको छ ।

तर यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस