काभ्रे कोरोना अपडेट : १ सय ३० जना सक्रिय संक्रमित, आज थपिए १८ जना नयाँ संक्रमित

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा १८ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा १४ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घणटमा गरिएको १ सय १३ वटा परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले ८७ जना महिला र ४३ जना पुरुष गरी १ सय ३० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आम नागरिकमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस