आजको मौसम : मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
शनिबार, साउन २१, २०७९ | ७:१०:२२
काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकोले वर्षाको प्रभाव कायम रहनेछ ।
देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेकाले पहाडी भू–भागका थोरै र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले जारी गरेको बुलेटिनमार्फत आग्रह गरेको छ ।