भीरमा अड्किएका सिन्धुपाल्चोकका शेर्पाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
आइतबार, साउन २२, २०७९ | १३:५४:३६
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भीरमा अड्किएका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । गोरेटो बाटो हिँड्ने क्रममा शनिबार अपराह्न शेर्पा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भीरमा अड्किएका थिए ।
घटनाको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोलीले उनको सकुशल उद्धार गरेको हो ।