बुधबार, पौष ०२, २०८२
कोरोना संक्रमित बढेपछि मेन्छ्यायेममा चार दिनका लागि विद्यालय बन्द

तेह्रथुम : कोरोना संक्रमितको संख्या बढेपछि मेन्छ्यायेम गाउँपालिकाका विद्यालयहरु चार दिनका लाागि बन्द हुने भएका छन् ।

गाउँपालिकाले एक सूचना जारी गर्दै पछिल्लो समय कोरोना भाइरसका कारण विद्यार्थी र शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परेकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

गाउँपालिकाले भोलि २३ गते सोमबारदेखि आगामी २६ गते बिहीबारसम्मका लागि पठनपाठन स्थगन गर्ने निर्णय गरेको गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ। गाउँपालिकाले त्यस क्षेत्र भित्रका सबै विद्यालयलाई भौतिक रुपमा अध्यापन नगराउन सचेत गराएको छ।

उक्त अवधिमा स्वास्थ्य मापदण्ड अपनाई विद्यालयको आन्तरिक प्रशासन भने सुचारु भइरहने सूचनामा उल्लेख गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय