काभ्रेमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्यो

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्यामा बृद्धि भएको छ । जिल्लामा आज ८ जना नयाँ संक्रमित थपिदाँ ४५ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको २१ वटा कोरोना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिए ।

उनका अनुसार जिल्लामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्यामा बृद्धि भएसँगै सक्रिय संक्रमितको संख्यामा पनि केही कमी आएको छ । काभ्रेमा अहिले ६८ जना महिला र ३३ जना पुरुष गरी १ सय १ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालय प्रमुख डा. सेढाईँले बताए ।

केही समय यता कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आम नागरिकमा अनुरोधमा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस