विद्युत् ‘सर्ट’ भई करेन्ट लागेर एक जनाको मृत्यु, चार जना घाइते

पर्वत : पर्वतमा विद्युत् ‘सर्ट’ हुँदा एक जनाको मृत्यु भएको छ भने. चार जना घाइते भएका छन् । सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् ‘सर्ट’ हुँदा स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना हुदाँ . केसीको मृत्यु भएको पर्वत प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अन्ुसार करेन्ट लागेर अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीस्थीत बेनी अस्पताल लगिएको छ ।

विद्युत्‌को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको प्रहरी नायब उपरीक्षक बुढाथोकील बताए । उनका अनुसार घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा मरेको घटना विवरण प्राप्त भएको छ ।

विद्युत् लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर जाँदा बस्तीका करिब दुई सय घरमा एकै साथ आगो सल्किएको गाउँपालिका अध्यक्ष एवं स्थानीय राजु आचार्यले बताए । स्थानीयको सक्रियताका कारण घरहरुमा भने कुनै भौतिक क्षति हुन पाएन । ती घरका मिटरबक्स र सबै वायरिङ जलेको स्थानीय राज आचार्यले बताए । उनका अनुसार गाउँका अन्य पशुचौपायासमेत मरेको भएपनि एकिन विवरण आइसकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले घटनाको पुष्टि गरेको छ । केन्द्र प्रमुख शिवनाराण गोशलीले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइएका कारण यो घटना घटेको प्रारम्भिक जानकारी आएको बताए । ‘अहिले हामीले त्यहाँ प्राविधिक पठाइसकेका छौं,’ उनले भने, ‘वास्तविकता के हो जानकारी आएपछि भनौंला ।’ प्राधिकरणको कमजोरी भए कार्यविधि अनुसार प्राधिकरणले क्षतिपूर्ति दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस