आइतबार, बैशाख ०६, २०८३
भोजपुरमा कोरोनाका कारण तीन वटा विद्यालय बन्द

भोजपुर : भोजपुरमा कोरोनाका कारण तीन वटा विद्यालय बन्द गरिएका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै भोजपुरमा तीन वटा विद्यालय बन्द गरिएका हुन् । शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीन वटा विद्यालय बन्द गरिएका छन् ।

उक्त गाउपालिकाको वडा नं ३ अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं ७ को जनोदय मावि बन्द गरिएको हो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय