एटिएम मेसिन फोर्दै गरेको अवस्थामा एक युवक पक्राउ

कास्की : एटिएम मेसिन फोर्दै गरेको अवस्थामा पोखराबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुष्मा नगरपालिका वडा ३ का २३ वर्षीय कृष्णबहाुदुर बिक रहेका छन् ।
साउन २० गते राति ११ बजे पोखराको बिरौटास्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोरी रकम चोरी हुँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
निजमाथि ७ दिनको म्याद थपी अनुसन्धान भइरहँदा उनले यसअघि पनि माछापुच्छे बैंकको मेसिन फोर्र्दै गरेको अवस्थामा पक्राउ परी थुनामा परेका थिए । उनले चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीमा अदालतबाट माग भएबमोजिम १ लाख धरौटी जम्मा गर्न नसकी कैद भुक्तान गरी छुटेका थिए ।
पोखरामा गत साउन पहिलो साता पोखरा–२६, अर्घौचोकस्थित एनएमबि बैंकको काउण्टरबाट नगद चोरी भएको थियो भने असार ३१ मा न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्ने प्रयास भएको थियो ।