देशभर ९ सय ३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।
काठमाडौं उपत्यकामा संक्रमण बढ्दै
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९७ र ललितपुरमा ७ सय ९२ पुगेको छ ।