काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज तीन जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको २ सय ८ वटा परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । उनका अनुसार जिल्लामा अहिले ७२ जना महिला र ४० जना पुरुष गरी १ सय १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
उक्त संख्यामध्ये सबैभन्दा धेरै संक्रमित जिल्लाको धुलिखेल र बनेपा नगरपालिकामा रहेका छन् । धुलिखेलमा ४६ जना र बनेपामा ३१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।



















